काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ। बैठकमा गृहमन्त्री सुधन गुरुङ ले तीन वटा अध्यादेश पेस गर्ने कार्यसूची तय भएको छ।

सुधन गुरुङ ले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्नेछन्।

advertisement

बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसी ले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी पढेर सुनाउने कार्यक्रम छ। साथै, उहाँले आफ्नो अनुपस्थितिमा बैठक सञ्चालन गर्ने अन्य तीन सदस्यको नाम प्रस्ताव गर्नेछन्।

बैठकको अन्त्यमा संविधानसभा तथा संसद्का दिवंगत सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

नेपालको संविधान को धारा ९१ अनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन प्रक्रिया पनि सुरु हुनसक्नेछ। संविधानअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र दुवै पदमा निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

संसद सचिवालयका अनुसार सभामुख चयनका लागि पहिलो बैठकबाटै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिएको छ। त्यसपछि उपसभामुखको निर्वाचन हुनेछ।

संसद् सञ्चालनका लागि आवश्यक भौतिक, प्राविधिक र सुरक्षा तयारी पूरा भइसकेको संघीय संसद सचिवालय ले जनाएको छ।

यसैबीच, संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठक पनि सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।

निर्वाचन आयोगले चैत ५ गते प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि संवैधानिक व्यवस्थाअनुसार अधिवेशन आह्वान गरिएको हो।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com