काठमाडौं । नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेले आफ्नो धारणा राख्ने अवसर पाएको छ।
बैठकको सुरुमै एमालेका सांसदहरूले आसनबाट उठेर बोल्ने समय मागेपछि सभामुखको भूमिका निर्वाह गर्दै ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले संसदीय दलका नेता गुरु बराललाई बोल्ने अनुमति दिए।
एमालेका सांसदहरूले सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेको विषयमा आपत्ति व्यक्त गरे।
हाल एमाले प्रतिनिधि सभामा तेस्रो ठूलो दलको रूपमा रहेको छ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार











प्रतिक्रिया