काठमाडौं । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनलाई पाटन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

यसअघि अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको थियो। उनलाई लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको थियो।

advertisement

सम्पत्ति शुद्धीकरण विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर भट्टको राहदानी कालोसूचीमा राख्न अनुरोध गरेको थियो। उक्त पत्रका आधारमा उनको राहदानी कालोसूचीमा राखिएको स्रोतले जानकारी दिएको छ।

भट्टमाथि ठूला ठेक्का र खरिदमा अनियमितता गर्ने, राजनीतिक पहुँचको प्रयोग गरी विभिन्न सरकारी निकायमा नियुक्ति र ठेक्काको सेटिङ मिलाउने जस्ता आरोप लाग्दै आएका छन्।

 

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com