काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको पुरानो अध्याय अब नदोहोरिने स्पष्ट घोषणा गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै लामिछानेले यसअघिका सरकारहरूले प्रतिपक्षीलाई प्रतिशोध साध्ने गरेको आरोप लगाउँदै रास्वपा नेतृत्वको सरकारले त्यस्तो गल्ती नदोहोर्याउने बताए ।

advertisement

उनले भने, “प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको पुरानो अध्याय,  शैली अब दोहोरिँदैन । हामी प्रश्न सोधेरै संसदमा आएका हौं र अहिले जवाफ दिने ठाउँमा पुगेका छौं ।”

रवि लामिछानेले प्रतिपक्षी दलहरूलाई पनि गलतलाई गलत र सहीलाई सही भनेर सहयोग गर्न आग्रह गर्दै विश्वास व्यक्त गरे । उनले प्रतिपक्षले सत्तापक्षको राम्रो काममा सहयोग र गल्तीमा खबरदारी गर्ने अपेक्षा राखेको बताए ।

रास्वपा सभापतिको यो भनाइले नयाँ सरकारले विगतका सरकारहरूको जस्तो प्रतिशोधी राजनीति नगर्ने सन्देश दिएको छ । उनको सम्बोधनले संसदमा सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध कस्तो रहन्छ भन्ने विषयमा चासो बढाएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com