काठमाडौं । सर्वोच्च अदालतले चेतन मानन्धर हत्या प्रकरणमा जन्मकैदको सजाय भोगिरहेका योगराज ढकाल (रिगल) लाई राष्ट्रपतिबाट दिइएको माफी मिनाहा सदर गर्न माग गरिएको निवेदन अस्वीकार गरेको छ।
न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना, नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सम्मिलित बृहत् पूर्ण इजलासले उक्त मागअनुसार आदेश जारी गर्न नमिल्ने ठहर गर्दै निवेदन खारेज गरेको हो।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया