काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई म्याद थप गर्न भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार दुवै नेतालाई भर्चुअल माध्यमबाट काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा उनीहरूको म्याद थप सम्बन्धी बहस भइरहेको छ ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन दमन गरेको कसुरमा प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरूलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ ।
आज म्याद थपका लागि अदालतमा भर्चुअल उपस्थिति गराइएको हो । अदालतले म्याद थपसम्बन्धी निर्णय गरेपछि मात्र थप अनुसन्धान अघि बढ्ने बताइएको छ ।
यो मुद्दाले राजनीतिक वृत्तमा ठूलो चर्चा पाइरहेको छ ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया