काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अर्याललाई पार्टीको आधिकारिक उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए, जसलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
सभामुखको निर्वाचन चैत २२ गतेका लागि तय गरिएको छ। प्रतिनिधि सभामा रास्वपाको बहुमत रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया