काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सम्मिलित इजलासले उक्त आदेश जारी गरेको हो।
अदालतको आदेशपछि श्रेष्ठले तोकिएको धरौटी रकम बुझाएर रिहा भइसकेका छन्। अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार ५ लाख रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन्।
बिहीबार अदालतमा उपस्थित भएका श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मङ्सिर २१ गते मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया