काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २३ र २४ गते भएको जेनजी विद्रोह नेपाली माटोको अर्ग्यानिक आन्दोलन नभएको दाबी गरेका छन् ।

स्वर्गीय कमल कोइरालाको प्रथम स्मृति कार्यक्रममा बोल्दै डा. कोइरालाले उक्त घटनालाई आन्दोलन वा विद्रोह नभई बाह्य शक्तिको खेल भएको बताए ।

advertisement

उनले भने, “म आफैं सो घटनालाई अर्ग्यानिक मान्न तयार छैन ।

मसँग यो जेनजी विद्रोह अर्ग्यानिक होइन भन्ने प्रशस्त प्रमाण छन् ।”

डा. शेखर कोइरालाले अबका दिन कांग्रेस र वामपन्थी शक्तिहरूका लागि निकै चुनौतीपूर्ण र जोखिमयुक्त रहेको चेतावनी दिए ।

उनले यस्तो बेला कांग्रेस र एमाले पार्टीभित्रै आफैंभित्र लडिरहेकोमा असन्तुष्टि जनाए ।

उनले भने, “अबका दिन कांग्रेस र कम्युनिस्टका लागि कठिन छन् ।

एमाले र कांग्रेस दुवै पार्टी विचित्रको अप्ठेरोमा फसेका छन् भन्ने कुरा स्वीकार गरौं ।”

डा. कोइरालाले थप भने, “कांग्रेस र एमाले मिलाएर अघि लैजान सकेनौं भने अवस्था के हुन्छ ?

अबको ५ वर्षपछि होस् वा स्थानीय निर्वाचन वा प्रदेश निर्वाचनमा होस्, त्यो बेला स्थिति के हुन्छ ?

म यो मञ्चबाट स्पष्ट भन्छु – कांग्रेस र एमाले एकढिक्का भएर लड्न सक्यौं भने अस्तित्व रहन्छ, होइन भने अप्ठेरो परिस्थितिमा जान्छौं । यसमा कुनै दुईमत छैन ।”

उनले कांग्रेस र वामपन्थी शक्तिहरूबीच एकता कायम नगरे अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन् ।

डा. शेखर कोइरालाको यो भनाइले नेपाली राजनीतिमा कांग्रेस र एमालेबीचको सम्बन्ध र भविष्यको चुनौतीबारे नयाँ बहस सुरु गरेको छ ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com