काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते हुने भएको छ। बिहीबार संघीय संसद सचिवालयले निर्वाचन सम्बन्धी विस्तृत तालिका सार्वजनिक गरेको छ।
तालिकाअनुसार, चैत २० गते सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख पदका उम्मेदवारको उम्मेदवारी दर्ता गरिनेछ। उम्मेदवारी दर्ता बिहान ११ बजेबाट दिउँसो २ बजे सम्म हुनेछ। दर्ता भएका उम्मेदवारहरूको सूची त्यसै दिन दिउँसो २:३० बजे प्रकाशित गरिने छ।
निर्वाचन अन्तर्गत सभामुखको मतगणना र परिणाम घोषणा चैत २२ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमै हुने जनाइएको छ।
यस्तो छ निर्वाचन तालिका :

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया