काठमाडौं । गायक तथा संगीतकार ध्रुव राज खड्काका दुई नयाँ गीत ‘सररर बतास चल्यो’ र ‘कालो बादल’ एकैसाथ सार्वजनिक गरिएको छ। फरक भाव र कथावस्तु बोकेका यी दुई गीतले दर्शक तथा स्रोतामाझ विशेष ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

‘सररर बतास चल्यो’ गीतमा ध्रुव राज खड्काकै संगीत, स्वर तथा अभिनय रहेको छ। गीतमा प्रज्वल भण्डारी र अन्जिता बस्नेतले अभिनय गरेका छन्। प्रकृतिसँग प्रेमील भाव प्रस्तुत गरिएको यो गीत ७ मिनेट १४ सेकेन्ड लामो रहेको छ। दृश्य तथा संगीतमार्फत प्रकृतिप्रेम र भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले उतारिएको छ।

advertisement

त्यस्तै, ‘कालो बादल’ गीतमा रेशम सापकोटाको शब्द तथा भिडियो निर्देशन रहेको छ भने संगीत र स्वर ध्रुव राज खड्काकै रहेको छ। गीतमा ध्रुव राज खड्का, मायादेवी र सम्बन्ध सापकोटाले अभिनय गरेका छन्।

‘कालो बादल’ गीतले जीवन संघर्षको मार्मिक कथा प्रस्तुत गरेको छ। युवावस्थासम्म आफ्नै देशमा संघर्ष गरेका एक पात्र उमेर ढल्किँदै जाँदा बाध्यतावश विदेश जान्छन्। विदेशमा निरन्तर संघर्षका बीच अन्ततः दुर्घटनामा परेर मृत्यु हुने घटनालाई गीतमार्फत भावनात्मक ढंगले चित्रण गरिएको छ।

दुवै गीत फरक सन्देश र कथावस्तु बोकेका भए पनि दर्शकको मन छुने विश्वास लिइएको स्रष्टाहरूले बताएका छन ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com