काठमाडौं । बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२ मोरेमा आज एक जनाको मृत्यु भएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार बिजुलीको पोलले विद्युतीय तार छुँदा करेन्ट लागेर स्थानीय राजकुमार गोलेको मृत्यु भएको हो। गम्भीर घाइते गोलेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

advertisement

करेन्टलागेर मकवानपुरगढी–२ मोरेका ३० वर्षीय राजकुमार स्याङतान र मकवानपुरगढी–७ सानडाँडाका ५५ वर्षीय मानबहादुर गोले घाइते भएका छन्। दुवै जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
रासस

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com