काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोगमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण अद्यावधिक गराएको छ।
महाधिवेशनबाट निर्वाचित सबै विवरण अद्यावधिक गरिएको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए। उनका अनुसार पार्टीको विधान, नियमावली र केन्द्रीय सदस्यको नाम अद्यावधिक गरिएको हो।
उनले प्रतिनिधिसभा निर्वाचनका कारणले पार्टी महाधिवेशनपछि विवरण बुझाउन नपाइएकाले आज मात्र बुझाइएको बताए। एमालेको गत मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा महाधिवेशन भएको थियो। पार्टीको महाधिवेशन भएपछि निर्वाचन आयोगमा सबै विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया