काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक माफी माग्दै उक्त माफीको मूल्य न्यायमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न् ।

प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा दलीय आधारमा मन्तव्य दिने क्रममा उहाँले सिङ्गो पार्टी, प्रधानमन्त्री बालेन्द्र शाह तथा सरकारको तर्फबाट दलित समुदायप्रति औपचारिक क्षमायाचना गरेका छन् ।

advertisement

उनले ऐतिहासिक रूपमा दलित समुदायमाथि भएको विभेद, अन्याय र अवसर वञ्चनाको स्वीकारोक्तिसहित सरकार सामाजिक न्यायका कार्यक्रममार्फत सुधारमुखी कदम अघि बढाउने विश्वास व्यक्त गरे ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्ययोजनामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी माग्ने उल्लेख  छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले कार्यभार सम्हालेसँगै मन्त्रिपरिषद् बैठकबाट पारित एक सय कार्ययोजनामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने निर्णय भएको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने सरकारको प्रतिबद्धता छ ।

सरकारको बाचाअनुसार आज पार्टी  सभापति लामिछानेले सदनमा खगेन्द्र सुनारको प्रसङ्ग उल्लेख गर्दै व्यक्तिगतरूपमा माफी माग्ने संस्कारलाई राज्यस्तरमा विस्तार गरे ।

खगेन्द्र सुनार सदनमा आउनुभएको छ । उहाँका विषयमा विवाद आउँदा उनले माफी माग्नुभयो । तर खगेन्द्र सुनारहरूमाथि युगौँदेखि गरिएको अन्यायका लागि हामीले माफी माग्यौँरु” उनले भने “शताब्दियौंदेखि विभेद, अन्याय र अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यही सदनबाट ।

आजसम्मको विभेद सामाजिक गल्ती थिएन, सङ्गठित अपराध थियो । किनकि जसको हातमा सीप थियो, उसलाई हामीले अछूत मान्यौ । अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन । म सिंगो पार्टी, प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट पनि माफी माग्छु, र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने पनि सुनिश्चित गर्न चाहन्छु ।”

सभापति लामिछानेले सरकारले दलित समुदायको न्याय, समान अवसर र समावेशी पुनःस्थापनालाई प्राथमिकतामा राख्दै सुधारमुखी कार्यक्रम घोषणा गर्ने समेत बताए ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com