काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले दिएको अभिव्यक्तिपछि एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको हो ।

उपाध्यक्ष विष्णु पौडेल ले थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस विषयमा सचिवालय बैठकमा छलफल गरिने बताएका थिए । उपाध्यक्ष गोकर्ण विष्ट का अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेछ ।

advertisement

एमाले नेताहरूका अनुसार बादलको अभिव्यक्तिबारे पार्टीभित्र पूर्व छलफल भएको थिएन । आजको बैठकमा उक्त अभिव्यक्ति तथा त्यससँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे विस्तृत छलफल गरिनेछ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com