काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलश पाण्डे निर्वाचित भएका छन्।

हालै सम्पन्न निर्वाचनमा पाण्डेले ५१४ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी ए.डी. लामालाई पराजित गरेका हुन्। लामाले ४१३ मत प्राप्त गरेका थिए।

advertisement

महासंघको महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन्। घिमिरेले ५२७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए।

वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त ‘मुकेश’ ४७३ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी रोशन दाहालले ४५२ मत प्राप्त गरेका थिए।

त्यसैगरी प्रदेश उपाध्यक्षहरूमा कोशीबाट धिरेन्द्र दाहाल, मधेसबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खिमप्रकाश मल्ल, लुम्बिनीबाट सहदेव खड्का, कर्णालीबाट हिमबहादुर बुढा र सुदूरपश्चिमबाट प्रकाशबहादुर शेट्टी निर्वाचित भएका छन्।

नितिगत उपमहासचिवमा मंगल शाही र आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी भएका छन्।

महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित हुँदा कोषाध्यक्षमा उज्ज्वल गौतम र सह-कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन्।

महासंघको नयाँ नेतृत्व चयनसँगै निर्माण क्षेत्रका समस्या समाधान र नीतिगत सुधारमा थप सक्रियता आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com