काठमाडौं। इरानसँगको युद्धले अमेरिकालाई ठूलो आर्थिक बोझ थपिरहेको छ । अमेरिकी मिडिया रिपोर्ट अनुसार गत महिना युद्ध सुरु भएको छैटौं दिनमै पेन्टागनले सांसदहरूलाई जानकारी दिँदै युद्धमा अहिलेसम्म ११.३ अर्ब डलर खर्च भइसकेको बताएको थियो ।

युद्धमा सयौं टोमाहक मिसाइल प्रयोग गरिएको थियो । प्रत्येक टोमाहक मिसाइलको मूल्य करिब ३५ लाख डलर रहेको छ । युद्ध लम्बिँदै जाँदा अमेरिकाको दैनिक खर्च पनि फरक-फरक रहेको छ ।

advertisement

अमेरिकी अधिकारीहरूले इरानको कमजोर प्रतिरक्षा प्रणालीका कारण खर्चमा केही कमी आएको दाबी गरेका छन् । तर विज्ञहरूको अनुमान अनुसार द्वन्द्वले अझै पनि अमेरिकालाई प्रतिदिन लगभग ३८ करोड ५० लाख डलर ( लगभग ५१ अर्ब ५९ करोड नेपाली रूपैयाँ) खर्च गराइरहेको छ ।

अमेरिकी रक्षा विभागले इरानी ड्रोन र क्षेप्यास्त्र आक्रमण ९० प्रतिशतले घटेको पनि बताएको छ । यद्यपि, युद्ध लम्बिएसँगै अमेरिकाको कुल खर्च अझै बढ्ने अनुमान गरिएको छ ।

यो युद्धले अमेरिकी अर्थतन्त्रमा कति ठूलो दबाब (आर्थिक बोझ )पारिरहेको छ भन्ने विषयमा अन्तर्राष्ट्रिय चासो बढेको छ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com