काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफलपछि मात्र औपचारिक निर्णय गर्ने जनाएको छ। सभामुख निर्वाचनका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।
एमाले सांसद ऐन महरका अनुसार यदि विपक्षी दलबाट कुनै उम्मेदवार अघि आएमा एमालेले समर्थन गर्नेछ। तर विपक्षीबाट उम्मेदवारी नआएमा एमाले आफैंले उम्मेदवार उठाउने तयारीमा रहेको उनले बताए। यसबारे अन्तिम निर्णय आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकले गर्ने जनाइएको छ।
एमालेले एमालेले प्रतिनिधिसभाको सभामुख उम्मेदवारी दिने निर्णय गरेमा उपाध्यक्ष गुरु बराललाई सभामुखका लागि अघि सार्ने सम्भावना रहेको छ।
उता, नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले भने सभामुखको उम्मेदवारीबारे अहिलेसम्म कुनै ठोस छलफल नभएको बताएका छन्। कांग्रेसका प्रवक्ता देवराज चालिसेले यस विषयमा निर्णय भइनसकेको प्रतिक्रिया दिएका छन्।
यसअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्दै मनोनयन दर्ता गरिसकेको छ। संसद्को अंकगणितअनुसार विपक्षी दलहरू एकजुट भए पनि अर्यालको विजय लगभग सुनिश्चित देखिन्छ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया