काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद (डिपी) अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।

संघीय संसद् सचिवालयले सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकेका बेला डोलप्रसाद अर्याल एकमात्र उम्मेदवार रहेका हुन्, जसको जानकारी प्रवक्ता सहसचिव एकराम गिरीले दिएका छन्।

advertisement

सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो। सो समयमा अर्यालले रास्वपा सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई प्रस्तावक राखेका थिए भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई समर्थक राखेर आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिट भएको हुँदा अर्यालको सभामुखमा निर्वाचित हुने सम्भावना शुरूदेखि नै निश्चित रहेको थियो। प्रतिनिधिसभाको आइतबारको बैठकमा उनी सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिने छ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com