काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अझै बाँकी रहेका पूर्वाधारहरूलाई नष्ट गर्ने चेतावनी दिएका छन् ।
ट्रुथ सोसलमा आफ्नो पोस्टमा ट्रम्पले अमेरिकी सेनालाई “विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली” सेना भनेका छन् । उनले भने, “हामीले इरानमा बाँकी रहेका चीजहरूलाई नष्ट गर्न सुरु पनि गरेका छैनौं । अर्को लक्ष्य पुल र त्यसपछि पावर प्लान्टहरू हुनेछन् ।”
ट्रम्पको यो धम्की तेहरानको पश्चिममा रहेको कारज शहरमा निर्माणाधीन पुलमा भएको हवाई आक्रमणपछि आएको हो । उक्त आक्रमणमा आठ जनाको मृत्यु भएको थियो भने करिब १०० जना घाइते भएका थिए ।
ट्रम्पले थप भने, “नयाँ शासनको नेतृत्वलाई के गर्नुपर्छ भन्ने थाहा छ, र यो छिटो गरिनुपर्छ ।”
ट्रम्पको यो अभिव्यक्तिले इरानसँगको द्वन्द्व अझै तीव्र हुने संकेत गरेको छ ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया