काठमाडौं । ललितपुरस्थित गोरखा सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टका अनुसार, ताल्चिखेलमा रहेको सहकारीका अध्यक्ष इमानसिंह राई, सीईओ लालबहादुर क्षेत्री, अविनकुमार राई र लेखा समिति सदस्य कर्णबहादुर राई पक्राउ परेका हुन्।

एसपी भट्टका अनुसार उनीहरूलाई चैत १८ गते उपत्यकाभरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ। ललितपुर प्रहरीले चार दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

advertisement

पक्राउ परेका आरोपीमाथि बचतकर्ताको करिब ४ अर्ब ५ करोड ६० लाख ६८ हजार रुपैयाँ अपचलन गरेको आरोप छ। उक्त सहकारीमा हाल १० हजार ५९८ जना बचतकर्ता रहेका छन्।

प्रहरीले आगामी दिनमा थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com