रौतहट । गौरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत चार बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
सरकारले कार्यालयमा बिचौलियाको प्रवेश निषेध गरेको पत्राचार गरेपनि, सेवाग्राहीसँग रकम लिएर काम गराउने चार जनालाई नियन्त्रणमा लिन प्रहरी आज कार्यालय पुगेको थियो।
पक्राउ पर्नेमा रामनरेश कुमार, सञ्जय कुमार, सिकित नारायण र बब्लु प्रसाद रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरूको सोधपुछ र अनुसन्धान भइरहेको छ।
प्रहरीले यस घटनापछि कार्यालयमा पारदर्शिता र कानुनी प्रक्रिया सुनिश्चित गर्न थप निगरानी बढाएको छ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया