काठमाडौं । प्रतिनिधिसभाका नयाँ सभामुख डोलप्रसाद (डिपी) अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने निश्चित भएको छ। रास्वपा सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, सभामुख पदका लागि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। सो अवधिमा अर्याल एकमात्र उम्मेदवार रहेका थिए।
आइतबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
यसअघि आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकले अर्याललाई औपचारिक रूपमा सभामुख घोषणा गर्नेछ। त्यसपछि दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उनी पद तथा गोपनीयताको शपथ लिनेछन्।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया