काठमाडौं। आगामी आर्थिक वर्ष (२०८३/८४) को वार्षिक बजेट तथा कार्यक्रम तयारीका लागि अर्थ मन्त्रालयले ‘बजेट लेखन समिति’ गठन गरेको छ ।

समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्री रहेका छन् ।

advertisement

सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा संघीय संसद्मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार पार्न, बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न यो समिति गठन गरेको हो ।

समितिलाई निम्न जिम्मेवारी दिइएको छ :

  • आगामी आर्थिक वर्षको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने
  • कार्यान्वयन हुने विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने
  • संघीय संसद्को दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार पार्ने
  •  बजेट वक्तव्यको अन्तिम मस्यौदा तयार पार्ने

बजेट लेखन समिति मा अर्थ मन्त्रालयका विभिन्न महत्त्वपूर्ण महाशाखाका प्रमुखहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ । सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।

यो समितिले मुलुकको वर्तमान आर्थिक परिवेश, विकासका लक्ष्य र आवश्यकतालाई सम्बोधन गर्ने गरी आगामी बजेटको पूर्ण खाका तयार पार्ने छ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com