काठमाडौं । मोरङको इलाका प्रहरी कार्यालय पथरीको हिरासतबाट फरार भएका दुई प्रतिवादीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
लागूऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका बेला गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनीहरू फरार भएका थिए।
पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–३ निवासी २४ वर्षीय सुवर्ण राई र २१ वर्षीय सुमन राई रहेका छन्। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको विशेष टोलीले चैत १९ गते उनीहरूलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८० भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सिर्जना भएको तनावपूर्ण अवस्थाको फाइदा उठाउँदै उनीहरू हिरासतबाट भाग्न सफल भएका थिए।
हाल दुवैलाई इलाका प्रहरी कार्यालय पथरीमै राखी आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज लामिछानेले जानकारी दिएका छन्।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार










प्रतिक्रिया