काठमाडौं। स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपरी निडर भएर काम गर्न सुझाव दिएका छन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले विगतमा पार्टी र शीर्ष नेतृत्वको हस्तक्षेपका कारण गृहमन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको स्मरण गराए । उनले गृहमन्त्री गुरुङले हालै चालेका कदमहरू प्रशंसनीय रहेको भन्दै त्यसलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

advertisement

सांसद पुनले भने, “गृहमन्त्रीले अब कसैको दबाब मा पर्नु भएन । राम्रो काम गर्नुपर्‍यो । अपराधिक कार्यमा संलग्न जोसुकै भए पनि तदारुकताका साथ कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

उनले पहिलेका गृहमन्त्रीहरूले कुनै ठोस कारबाही अघि बढाउन खोज्दा आफ्नै दलका प्रमुख नेताहरूको दबाब झेल्नुपरेको अवस्था रहेको उल्लेख गर्दै अहिले त्यस्तो हुन नहुनेमा जोड दिए । पुनले गृहमन्त्री गुरुङलाई आफ्नो अभियानमा विचलित नहुन र जनताको अपेक्षा अनुसारको नतिजा दिन प्रोत्साहन पनि गरेका छन् ।

संसदमा आफू प्रतिपक्षी भूमिकामा रहेको स्पष्ट पार्दै पुनले कुनै पनि राजनीतिक स्वार्थ पूर्तिमा संलग्न नहुने प्रतिबद्धता जनाए । उनले देशको हित र सुशासनका पक्षमा हुने हरेक सकारात्मक काममा समर्थन गर्ने तर गलत कार्यको सधैं विरोध गर्ने बताए ।

यो सुझावले गृहमन्त्री गुरुङको हालको आक्रामक शैलीलाई थप बल दिएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com