काठमाडौं। सरकारले भोलिदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबार मन्त्रिपरिषद् बैठकपछि जानकारी दिँदै भने, “पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय लिइएको हो ।”
प्रवक्ता पोखरेलका अनुसार चैत २३ गतेदेखि यो शनिबार र आइतबार बिदा लागू हुनेछ । अब सरकारी कार्यालय र शैक्षिक संस्थाहरू शनिबार र आइतबार बन्द रहनेछन् ।
यो निर्णयले इन्धन संकटलाई व्यवस्थापन गर्न केही राहत दिने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया