काठमाडौं। सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले दुईवटा महत्वपूर्ण परियोजनाका लागि एशियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिने प्रस्ताव पारित गरेको हो । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण स्वीकार गरेको छ । त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण पनि स्वीकार गरिएको छ ।

advertisement

हालको विनिमय दरअनुसार यी दुवै परियोजनाका लागि कुल ऋण रकम करिब २८ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ ।

सरकारले यी ऋणलाई डिजिटल पूर्वाधार विकास र समावेशी वित्तीय प्रणालीलाई मजबुत बनाउन प्रयोग गर्ने योजना बनाएको छ । यो निर्णयसँगै नेपालले अन्तर्राष्ट्रिय दातृ निकायबाट थप विकास सहयोग प्राप्त गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com