काठमाडौं । वर्षमान पुनले प्रतिनिधिसभाको उपसभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन्।
आइतबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसभामुख चयनका विषयमा अन्य राजनीतिक दलहरूसँग छलफल जारी रहेको जानकारी दिए।
नेता पुनले वर्तमान राजनीतिक परिस्थितिमा जनअपेक्षा अनुरूप केही हदसम्म स्थायित्व आएको उल्लेख गर्दै सकारात्मक कामका लागि सरकारलाई सहयोग गर्ने धारणा व्यक्त गरे। उनले आफ्नो पार्टी अनावश्यक आलोचना गर्ने पक्षमा नभएको स्पष्ट पारे।
यसैगरी, उनले नवनिर्वाचित सभामुख एक परिपक्व र अनुभवी राजनीतिज्ञ भएको उल्लेख गर्दै संसद् सञ्चालन प्रभावकारी र व्यवस्थित हुनेमा आफू विश्वस्त रहेको बताए।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया