काठमाडौं । सरकारले महान्यायाधिवक्ताको पदमा नारायणदत्त कँडेललाई सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कँडेलको नाम अनुमोदन गर्दै नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो।
राष्ट्रपति कार्यालयले उक्त सिफारिस प्राप्त भएको पुष्टि गर्दै संवैधानिक प्रक्रियाअनुसार नियुक्ति प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया