काठमाडौं । शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिहा गरेको छ।

विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरका अनुसार बयान प्रक्रिया सम्पन्न भएपछि अग्रवाललाई छोडिएको हो।

advertisement

केही दिनअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको थियो।

शंकर अग्रवाल नेतृत्वको शंकर ग्रुप नेपालका प्रमुख औद्योगिक घरानामध्ये एक हो, जसको मुख्य कम्पनी जगदम्बा स्टिल हो। यस समूहले स्टिल उद्योगसँगै सिमेन्ट, जलविद्युत् तथा विभिन्न उपभोक्ता वस्तु क्षेत्रमा समेत लगानी विस्तार गरेको छ।

यसैबीच, सोही समूहका सञ्चालक सुलभ अग्रवाललाई आइतबार पक्राउ गरिएको छ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com