काठमाडौं । सुलभ अग्रवाललाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ। अदालतमा उनको बयान तथा बहस प्रक्रिया सम्पन्न भइसकेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा उनलाई आइतबार पक्राउ गरिएको थियो। गजेन्द्र ठाकुरका अनुसार अदालतमा बहस सकिएको छ र अब जिल्ला अदालत को आदेशअनुसार अगाडि बढिनेछ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालविरुद्ध अनुसन्धान जारी राखेको छ। यसअघि पनि उनी २०७६ सालमा थर्मल गन अत्यधिक मूल्यमा बिक्री गर्न खोजेको आरोपमा पक्राउ परेका थिए, तर पछि तारेखमा रिहा भएका थिए।
यस प्रकरणसँगै यसअघि शंकरलाल अग्रवाललाई पनि पक्राउ गरिएको थियो। उनको भने बयानपछि रिहाइ भइसकेको छ।
अग्रवाल परिवारद्वारा सञ्चालित शंकर ग्रुप नेपालका प्रमुख औद्योगिक समूहहरूमध्ये एक हो, जसको मुख्य कम्पनी जगदम्बा स्टिल हो। यस समूहले स्टिल उद्योगसँगै सिमेन्ट, जलविद्युत् तथा उपभोक्ता सामग्रीलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरेको छ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया