काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ। यसअघि पनि अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

advertisement

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार बिहान पक्राउ गरेको हो।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको निवासमा प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी गरेका थिए। उक्त घटनापछि घरभित्र नेपाली तथा विदेशी मुद्राका नोटहरू जलेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

सोही घटनासँग सम्बन्धित रकमको स्रोत र प्रकृतिबारे विभागले विस्तृत अनुसन्धान गरिरहेको छ। यस क्रममा दीपक खड्काको घरबाट जलेका नोटका टुक्राहरू र आसपासबाट खरानीसमेत संकलन गरी परीक्षणका लागि राखिएको विभागले जनाएको छ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com