काठमाडौं । कलाकार सागर लम्साल ‘बले’लाई अभद्र व्यवहारसम्बन्धी आरोपमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार उक्त मुद्दामा अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद प्रदान गरिएको हो।

advertisement

प्रहरीका अनुसार बलात्कारसम्बन्धी कुनै औपचारिक जाहेरी दर्ता नभएकाले उनलाई अभद्र व्यवहार मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सागर लम्सालबाट बलात्कृत भएको आरोप सार्वजनिक गरेकी थिइन्।

उक्त अभिव्यक्तिपछि पीडित भनिएकी युवतीको परिवारप्रति अभद्र व्यवहार गरिएको भन्ने उजुरीका आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए। उनका अनुसार हालसम्म बलात्कारसम्बन्धी कुनै आधिकारिक उजुरी भने परेको छैन।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com