काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना मा दुई जनाको ज्यान गएको छ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका-२ स्थित भालुबाङ सुलिचौर सडकमा रा.६ प ५५२७ नम्बरको मोटरसाइकल र रा.३ प १०१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा रा.३ प १०१७ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-२ महेन्द्री बस्ने २७ वर्षीय मनोज मरमथानीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका रा.६ प ५५२७ नम्बरको मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार १ जनाको बुटवलमा र सोही मोटरसाइकलमा सवार अन्य १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ।

advertisement

रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ फाईनान्सचोकस्थित सडकमा युपि ५६ बिई ४९०६ नम्बरको गाडीले लु.९२ प ५७०५ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक शुद्धोधन गाउँपालिका-७ भग्लापुर बस्ने ३१ वर्षीय सुरज थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com