काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श श्रेष्ठकै गाउँमा अवैध रूपमा प्राकृतिक स्रोतको दोहन भइरहेको तथ्य बाहिर आएको छ।

सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर १ गजुलदहमा पर्ने सुनकोशी नदीबाट दिनदहाडै बालुवा उत्खनन गरी तस्करी भइरहेको पाइएको हो।

advertisement

स्थानीयका अनुसार, प्रधानमन्त्रीका स्वकीय सचिवका रूपमा रहँदा समेत श्रेष्ठले आफ्नो प्रभाव र पहुँचको आडमा बालुवा तस्करीमा संलग्न समूहलाई संरक्षण दिएका थिए। बालुवा तस्करीको विषयमा ग्लोबल नागरिकमा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सक्रियतामा केही समय उक्त गतिविधि रोकिएको थियो। तर, पछिल्लो समय उस्तै ढंगले बालुवा तस्करी पुन: सुरु भएको छ ।

प्राकृतिक स्रोतको संरक्षणका लागि जिम्मेवारी पाएको निकायको अध्यक्षकै गाउँमा यस्तो गतिविधि हुनु गम्भीर प्रश्नको विषय बनेको छ।

यसअघि रोशी खोला र सुनकोशी नदीको अनियन्त्रित दोहनका कारण आएको बाढी र कटानले स्थानीय बस्ती तथा कृषि जमिनमा ठूलो क्षति पुर्‍याएको थियो। अहिले पुनः सोही रोशी खोलाको दोभान क्षेत्र आसपासबाट सुनकोशी नदीमा भइरहेको उत्खननले भविष्यमा अझ ठूलो विपत्ति निम्त्याउने खतरा बढेको विज्ञहरू बताउँछन्।

प्राकृतिक स्रोतको संरक्षणका लागि जिम्मेवारी पाएको प्रकृति संरक्षण कोषका अध्यक्ष श्रेष्ठले गाउँमा भएको अनाधिकृत प्राकृतिक दोहनको विषय आफुलाई थाहा नभएको, आफू नयाँ भएको, अध्यक्षको कार्यकारी भुमिका नरहने र आफु बर्षमा जम्माजम्मी एकपटक मात्र बैठकमा सहभागी हुने भन्दै आफ्नो कार्यक्षेत्र भित्र पर्ने भए उजुरी आएमा आवश्यक कदम चाल्ने बताए । उनले आफ्नो संलग्नताको विषयमा भने स्थानीयले नभएको आरोप लगाएको बताए।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com