काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नो कारोबार तालिका परिवर्तन गरेको हो ।

advertisement

नेप्से सञ्चालक समितिको बैठकले सातामा पाँच दिन शेयर कारोबार सुनिश्चित गर्न शुक्रबार  बजार खोल्ने निर्णय गरेको छ । अब आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित रूपमा कारोबार हुनेछ । शनिबार भने पहिले नै बिदा रहने भएकाले बजार बन्द नै रहन्छ ।

नेप्सेले लगानीकर्ताको हित र बजारको सक्रियता कायम राख्न यो नयाँ तालिका लागू गरेको जनाएको छ ।

यसअघि सन् २०७९ मा सरकारले शनिबार र आइतबार बिदा दिँदा पनि नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो । पछि आइतबारको बिदा हटेपछि पुरानै तालिकामा फर्किएको थियो ।

नयाँ व्यवस्थाअनुसार अब शेयर बजार शनिबार र आइतबार बन्द रहनेछ भने आइतबार बिदा भएकाले शुक्रबार कारोबार खुल्नेछ ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com