काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हुने भएको छ ।

आजको सुनुवाइमा महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्ने छन् ।

advertisement

आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको थियो ।

ओली र लेखकलाई प्रहरीले चैत १४ गते भदौ २३ र २४ गतेको जेनजी आन्दोलन दमनसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले उनीहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै चैत १५ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

अदालतले यसअघि तीन दिनभित्र लिखित जवाफ पेश गर्न सरकार र सुरक्षा निकायलाई आदेश दिएको थियो ।

आज सरकारी वकिलको बहसपछि रिटमा के निर्णय हुन्छ भन्ने विषयमा चासो बढेको छ ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com