काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले फरक–फरक बिचारबाट प्रतिनिधित्व गरे पनि सबै सांसदहरूको साझा उदेश्य मुलुकको समृद्धि रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘हामी सबै आ–आफ्नो दलप्रति प्रतिबद्ध छौं । तर, दल भन्दा राष्ट्रियता ठूलो हो । यसलाई कसरी संरक्षण गर्न सक्छौं । यसमा सम्पूर्ण रुपले एक हुनको निम्ति नयाँ इतिहास सुरु गर्नुपर्ने छ ।’

advertisement

संसद्मा आकस्मिक समयमा समेत नाम टिपाउनुपर्ने जस्तो गलत अभ्यास बदलिनुपर्ने उनले बताए । आकस्मिक समय सांसद्को विशेषाधिकार भएको उनले बताए ।

सभामुखलाई पनि अर्जुननरसिंह केसी ले आफ्नो विशेषाधिकारको सही प्रयोग गर्न उनले आग्रह गरे ।

विगतका कतिपय गल्ति नदो¥याउने गरी काम गर्न उनले नवनिर्वाचित सभामुख अर्याललाई शुभकामना दिए ।

संसदले उर्लिएको आकांक्षालाई सम्बोधन गर्न सक्नुपर्ने उनले सुझाए ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com