काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मतबाट प्राप्त पाँच वर्षको प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार नभई गहिरो उत्तरदायित्व भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले जनआन्दोलनका क्रममा भएको त्याग, बलिदान र संघर्षकै कारण वर्तमान परिवर्तन सम्भव भएको उल्लेख गर्दै त्यसको सम्मानमा जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए ।

advertisement

उनले भने, “जनताले आफ्नो मतमार्फत पाँच वर्षका लागि प्रतिनिधित्व गर्ने जिम्मेवारी सुम्पेका छन् ।

यो केवल अधिकार होइन, गहिरो उत्तरदायित्व पनि हो ।”

सभामुख अर्यालले संसद्‌लाई अनुशासन र मर्यादामा सञ्चालन गर्नुपर्ने बताउँदै कानुन, कार्यसञ्चालन नियमावली र प्रचलित अभ्यासअनुसार बैठक अघि बढ्ने स्पष्ट पारे ।

नयाँ प्रतिनिधिसभा गठन भएसँगै तत्काल कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन गरिने र उक्त समितिमा सबै राजनीतिक दलको प्रतिनिधित्व रहने बताए ।

“संसद सबैभन्दा बढी अनुशासन र मर्यादामा चल्नुपर्छ ।

बैठक प्रभावकारी बनाउन सांसदहरूबाट सुझावको अपेक्षा गरिएको छ,” उनले थपे ।

उनले उत्पन्न हुने कुनै पनि समस्या समाधान गर्न निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

सभामुख अर्यालले संसद् देशको व्यवस्थापकीय अंग भएको स्मरण गराउँदै संघीय कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी बोकेको स्मरण गराए ।

विद्यमान धेरै कानुन पुराना, निष्क्रिय र एकअर्कासँग बाझिएका अवस्थामा रहेको उल्लेख गर्दै नयाँ कानुन निर्माणअघि विद्यमान ऐन–कानुनको गम्भीर समीक्षा गरी सुधारसहित अघि बढ्न सांसदहरूलाई आग्रह गरे ।

यो सम्बोधन नयाँ प्रतिनिधिसभाको प्रथम बैठकमा सभामुखले संसद्‌को गरिमा, जिम्मेवारी र कानुन निर्माणको आवश्यकतालाई जोड दिने गरी दिएका थिए ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com