काठमाडौं। प्रतिनिधिसभाले तीनवटा महत्वपूर्ण अध्यादेश सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले प्रस्ताव पेस गरेका तीन अध्यादेशमध्ये मतदाता नामावली पहिलो संशोधन अध्यादेश–२०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश स्वीकृत भएका हुन् ।

advertisement

बैठकमा गृहमन्त्री गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश–२०८२ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

त्यसैगरी गृहमन्त्री गुरुङले नै प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । यो प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

साथै उनकै प्रस्तावमा नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश पनि प्रतिनिधिसभाबाट सर्वसम्मत स्वीकृत भएको छ ।

यी अध्यादेशहरूको स्वीकृतिले मतदाता नामावली अद्यावधिक, निर्वाचन प्रक्रिया र विशेष सेवासँग सम्बन्धित कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

(समाचारको स्रोत : प्रतिनिधिसभा बैठक)

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com