काठमाडौं । पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमेश बडालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध लगाइएको आरोप प्रमाणित हुन नसक्ने दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनुपर्ने माग गरेका छन्।

सोमबार दुवै नेताको तर्फबाट बहस गर्दै उनले भदौ २३ र २४ मा भएको घटनालाई कानुनी रूपमा कसुर ठहर गर्न सकिने वा नसकिने विषय पहिले स्पष्ट हुनुपर्ने बताए। ‘कसुर नै स्थापित नभई कसैलाई पक्राउ गर्नु कानुनी दृष्टिले उचित हुँदैन,’ उनले भने।

advertisement

रमेश बडालले घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै आयोग गठन हुनुअघि नै व्यक्त गरिएका धारणा पुष्टि गर्न उद्देश्यपूर्ण ढंगले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीमाथि आरोप लगाइएको जिकिर गरे।

उनका अनुसार गोली चलाउने आदेश दिने अधिकार पूर्वप्रधानमन्त्री वा गृहमन्त्रीसँग नभई सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखसँग हुन्छ। ‘जसलाई कानुनी रूपमा गोली चलाउने अधिकार छ, उनलाई पक्राउ गरी हाजिरी जमानीमा छाडिएको अवस्थामा अन्य व्यक्तिलाई मात्र थुनामा राख्नु न्यायसंगत हुँदैन,’ उनले तर्क प्रस्तुत गरे।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com