काठमाडौँ । राजधानीको पिंगलास्थान क्षेत्रमा आज लागु औषध नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जना कारोबारी घाइते भएका छन्। उनीसँगै एक किलो बराबर ब्राउन सुगर बरामद गरिएको छ।
लागु औषध नियन्त्रण ब्युरोको विशेष टोलीले कारोबार भइरहेको सूचनाको आधारमा कारोबारीलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। सो क्रममा कारोबारी नियन्त्रण बाहिर हिँडेपछि प्रहरीले सावधानीपूर्वक गोली चलाउनु परेको स्रोतले जनाएको छ। गोली लागेर सामान्य घाइते भएका उनीलाई तुरुन्तै नियन्त्रणमा लिइएको छ।
घटनापछि जिल्ला प्रहरी परिसर, काठमाडौँको टोली पनि थप अनुसन्धान र सुरक्षाका लागि घटनास्थलमा खटिएको छ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया