काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रमको तयारीसम्बन्धी छलफल सकेलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा विपद् व्यवस्थापनको तयारीको आकस्मिक अनुगमन गरेका छन्।

लगातार वर्षा भइरहेका बेला सोमबार राति करिब साढे १० बजे उनले सिनामंगलस्थित सशस्त्र प्रहरी बलको विपद् उद्धार गण नम्बर २० मा पुगेर स्थलगत निरीक्षण गरेका हुन्। उक्त अनुगमनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुवै महानिरीक्षक (आईजीपी) पनि सहभागी थिए।

advertisement

वर्षायाम सुरु भएसँगै सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै मन्त्री गुरुङले उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति र पूर्वतयारीको अवस्थाबारे जानकारी लिए। नागरिकको जिउधनको सुरक्षाका लागि उपलब्ध स्रोत–साधन तयारी अवस्थामा राख्न उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

विपद्को बेला तुरुन्त परिचालन हुनुपर्ने उद्धार टोलीको मनोबल तथा भौतिक संरचनाको अवस्था बुझ्न आफू स्वयं फिल्डमा गएको उनले बताएका छन्। यसअघि उनले मन्त्रालयमा आगामी वर्षको बजेट तथा नीतिगत कार्यक्रमबारे गृह प्रशासनका उच्च अधिकारीहरूसँग दिनभर छलफल गरेका थिए।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com