काठमाडौँ ।गृहमन्त्री सुधन गुरुङ आज काभ्रेमा रहेको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणका लागि जाने भएका छन्। वर्षायाममा हरेक वर्ष हुने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले प्रत्यक्ष अवलोकन गर्ने निर्णय गरेका हुन्।
निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रहरूको अवस्था बुझ्ने, उच्च जोखिममा रहेका बस्ती र पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने योजनामा छन्। साथै, बर्खा सुरु हुनुअघि सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना र समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने तयारी पनि गरिएको छ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया