काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारसँग वैदेशिक ऋणबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन्:
“दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपाका लागि केवल बाध्यता होइन, आवश्यकता पनि हो। तर हिजो विदेशी ऋणले देश डुबायो भन्दै पूर्व सरकारको आलोचना गर्नेहरू नै आज, सरकारले आफ्नो नीति तथा कार्यक्रम र प्राथमिकता संसद्मा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेको विषय सार्वजनिक हुँदा, स्वाभाविक रूपमा प्रश्न उठ्छ।”
उनले थपे:
“हिजो विरोध किन? आज स्वीकार किन? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिन आवश्यक छ।”
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया