काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् काे आकस्मिक बैठक बोलाएका छन् ।
बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ । यद्यपि मन्त्रिपरिषद्काे बैठकका एजेन्डाबारे केही खुलाइएको छैन ।
सामान्यतया मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार बस्ने प्रचलन छ ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया