काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मर्यादाक्रम परिवर्तन गरिएको हो । नयाँ मर्यादाक्रमअनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ अब पाँचौं नम्बरमा झरेका छन् ।
नयाँ व्यवस्थाअनुसार दोस्रो स्थानमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् रहेका छन् भने तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथो स्थानमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।
यो हेरफेरसँगै मन्त्रिपरिषद्को औपचारिक मर्यादाक्रममा परिवर्तन भएको छ ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया