काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको करमा ठूलो राहत दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल, पेट्रोल र मट्टितेलमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो।

बैठकपछि जानकारी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पेट्रोलियम पदार्थको आयात लागत घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको बताइन्।

advertisement

सरकारको यस कदमले इन्धनको मूल्य नियन्त्रणमा सहयोग पुग्ने र उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com