काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र अन्य पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर र भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

हाल भन्सार महसुलका रूपमा पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ २३ पैसा र डिजेलमा १२ रुपैयाँ २ पैसा कर लागिरहेको छ। त्यस्तै, पूर्वाधार कर दुवैमा प्रतिलिटर १० रुपैयाँ लाग्दै आएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन्।

advertisement

सरकारको नयाँ निर्णय अनुसार प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ ५० पैसा र डिजेलमा ११ रुपैयाँ कर छुट हुनेछ। यसअघि पेट्रोलमा प्रति लिटर ६६ रुपैयाँ ९८ पैसा कर लाग्दै आएको थियो भने डिजेलमा ४९ रुपैयाँ २८ पैसा कर लाग्थ्यो। यसमा अतिरिक्त मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार कर, मूल्य स्थिरीकरण कोष शुल्क, प्रदूषण कर र हरित कर समावेश छन्।

घरेलु उपभोगका लागि प्रयोग हुने एलपी ग्यासमा पनि कर छुटको चर्चा भए अनुसार हाल राज्यले प्रत्येक सिलिन्डरमा ३२४ रुपैयाँ ९५ पैसा कर उठाउँदै आएको छ। हवाई इन्धनमा भने प्रतिलिटर ३४ रुपैयाँ ४८ पैसा कर राज्यले उठाउँदै आएको छ।

सरकारको यो कदमले इन्धनको मूल्यमा प्रत्यक्ष राहत पुग्ने र उपभोक्ताको आर्थिक बोझ कम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com